Travelling Feminist Memory Project (TFMP) – Phase II

नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को दोस्रो चरणको देशव्यापी यात्रा सुरु गर्न लागेको जानकारी गराउँदैछ। पहिलो चरण वीरगंज र जनकपुरको सफलता पछि दोस्रो चरण सुर्खेत र नेपालगन्जमा हुदैछ । यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ।

यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्न चाहन्छ।

यो देशव्यापी यात्रा विभिन्न क्षेत्रमा हुने प्रदर्शनी लूपहरूमा आधारित हुनेछ, जसले ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न, र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ।

सार्वजनिक जीवनमा महिला प्रोजेक्टको ट्रैलर : https://www.youtube.com/watch?v=F3Tb7b91arM&ab_channel=NepalPictureLibrary

दोस्रो चरणको प्रदर्शनीको लागि हामी सुर्खेतमा कर्णाली आर्ट्स सेन्टरसंग र नेपालगन्जमा कालपृष्ठ दैनिक, नारी विकास केन्द्रिय कार्यालय, फातिमा फाउन्डेसन नेपाल, क्रियाशिल पत्रकार महिला (WWJ) बाँके, बागेश्वरी असल शासन क्लब (बास) नेपाल-केन्द्रीय कार्यलय, नेपालगन्ज ग्यालरी, चलचित्र पत्रकार संघ नेपाल बाँके, र मेरो खुसी डट कम संस्थाहरु सँग साझेदारी गर्न पाउदा उत्साहित छौँ। हाम्रो साझेदारी संस्थाद्वारा प्रदर्शनीको पँहुच बढाउन र उक्त क्षेत्रहरुमा अर्थपूर्ण सम्बन्ध विस्तारै संगै सहजीकरण गर्न मद्दत पुग्नेछ साथै हामी यस पहल मार्फत महिलावादी इतिहास र अभिलेखलाई अगाडी बढाउन प्रतिबद्व छौ।

प्रेस विज्ञप्ति तथा अन्य सामग्री 

प्रदर्शनीको मिति र स्थलको विवरण यस प्रकार छ:
सुर्खेत

प्रदर्शनी स्थल : घण्टाघर, सुर्खेत
मिति : फाल्गुन २६, २७ र २८ गते
समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म

प्रदर्शनीको मिति र स्थलको विवरण यस प्रकार छ:
नेपालगन्ज

प्रदर्शनी स्थल : रामलीला मैदान, नेपालगन्ज
प्रदर्शनी मिति : चैत्र ४, ५ र ६ गते
समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
सम्झना नेपाली
samjhana@photocircle.com.np
9768905540