Travelling Feminist Memory Project (TFMP) – Phase III

नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को तेस्रो चरणको देशव्यापी यात्रा सुरु गर्न लागेको जानकारी गराउँदैछ। पहिलो चरण वीरगंज र जनकपुर र दोस्रो सुर्खेत र नेपालगन्जको सफलता पछि तेस्रो चरण बुटवल र पोखरामा हुँदैछ । यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ।

यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्न चाहन्छ।

यो देशव्यापी यात्रा विभिन्न क्षेत्रमा हुने प्रदर्शनी लूपहरूमा आधारित हुनेछ, जसले ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न, र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ।

सार्वजनिक जीवनमा महिला प्रोजेक्टको ट्रैलर : https://www.youtube.com/watch?v=F3Tb7b91arM&ab_channel=NepalPictureLibrary

प्रदर्शनीको मिति र स्थलको विवरण यस प्रकार छ:
सुर्खेत

प्रदर्शनी स्थल : देवीनगर फूटबल मैदान, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल
मिति : मंसिर ३, ४, र ५ गते
समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म

प्रदर्शनीको मिति र स्थलको विवरण यस प्रकार छ:
सुर्खेत

प्रदर्शनी स्थल : ताल बाराही मन्दिर डुङ्गा सेवा नजिकको नेपाल ट्रष्टको मैदान, लेकसाइड, पोखरा
मिति : मंसिर १०, ११, र १२ गते
समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
सम्झना नेपाली
samjhana@photocircle.com.np
9768905540